
काठमाडौं : नेपाल साफ च्याम्पियनसिपको फाइनलमा भारतसंग ३–० गोल अन्तरले पराजित भएको छ । माल्दिभ्सको राजधानी मालेस्थित राष्ट्रिय रंगशालामा सम्पन्न औँ साफ च्याम्पियनसिपको फाइनल खेलमा नेपाल भारतसँग पराजित भएको हो।
पहिलो हाफमा उत्कृष्ट खेल्दै भारतलाई गोलरहित बराबरीमा रोकेको नेपालले दोस्रो हाफ सुरु हुनासाथ दुई गोल खाएको थियो।
४८औं मिनेटमा सुनिल क्षेत्रीले गोल गर्दै भारतलाई अग्रता दिलाएका थिए। त्यसको दुई मिनेटपछि नै भारतले अर्को गोल गर्दै २–० को अग्रता बनाएको थियो। खेलको अन्तिम समयमा थप १ गोल गर्दै भारतले उपाधि कब्जा गरेको छ।