
काठमाडौं : आज १३ औं संस्करणको साफ च्याम्पियनसिपको उपाधिका लागि नेपालले भारतसँग खेल्दैछ। माल्दिभ्सको मालेस्थित फुटबल स्टेडियममा हुने खेल नेपाली समय अनुसार राति पौने ९ बजे सुरु हुनेछ।
भारत लिग चरणको विजेताको रुपमा फाइनल पुगेको हो भने नेपालले उपविजेता बन्दै उपाधि भिडन्त तय गरेको हो। भारतले समूह चरणमा दुई जित र दुई बराबरीको नतिजासहित ८ अंक बटुलेको छ। नेपालले २ जित, एक बराबरी र एक हारको नतिजासहित सात अंक प्राप्त गरेको छ।