गोरखा : सानै उमेरमा बाबु आमा र दाई गुमाएका गोरखा स्याउली बजारका २३ बर्षिय बिनय पन्तले पनि संसार छाडेका छन् ।सोमबार घान्द्रुक घुम्न जाने क्रममा उनि सहित ८ जनाले जीप दुर्घटनामा ज्यान गुमाएका हुन् । उनको मंगलबार आँबुखैरेनी स्थित अन्तयष्टि गरिएको छ ।

बच्चा देखि बुढा सम्मका ब्यक्ति माझ प्यारो नाम थियो बिनय पन्त । सानै देखि मिजासिलो सहयोगी चाडैं सबै संग घुलमिल हुने स्वभावका बिनय सबैलाई रुवाएर यस संसारबाट बिदा भए । स्थायी घर गोरखा भएका बिनय न्युरोड काठमाडौंमा अंकलको होलसेल पसल सञ्चालन गरेर गोङ्गबु काठमाडौंमा बस्दै आएका थिए ।
दशै नजिकिदै थियो साथिहरु सङ्ग घम्ने भनेर असोज २४ गते पोखरा गएका थिए पोखरामा सबै साथिहरु सङ्ग भेट गरेर घान्द्रुक घम्ने भनेर गाडि रिजर्भ गरेर उतै हानिए दशैँको बिदामा घुम्न गएका उनी सहित ८ जनाको जिवनमा हिजो २५ गते दिउँसो २ः३० बजे कालो दिन बनेर आयो । उनी सहित सवार ९ जनाको गाडि भिरबाट २०० मिटर तल खस्यो र उनी सहित ८ जनाले प्राण त्यागे । १ जना बाँच्न सफल भए । उनको पोष्टमार्टम भएपछि मंगलबार आँबुखैरेनी स्थित दरौदीँ नदी किनारमा दाहसंस्कार गरिएको छ ।

No description available.

उनका साथी लक्ष्मण काप्रीका अनुसार बिनय एक टुहुरो युवा थिए सानोमा आमाले छोडेर गएको र उनका दाई र बुबाको समेत पहिले नै सवारी दुर्घटनामा परि मृत्यु भएको थियो । सानै देखि बुबा र आमाको माया नपाएका बिनय ३ जना दाईहरुको काखमा हुर्किएका थिए । निकै इमानदार र मिजासिलो स्वभावका केही काम गर्न पनि पछि नहट्ने खालका थिए । बिनयको मृत्युको खबरले गाउँ शोकाकुल छ ।