याकराङ्ग: स्वर्गीय सुर्य गुरुङ स्मृतिकप फुटबल प्रतियोगिताको उपाधि तनहुँ घुमाउनेको पञ्चकन्या युवा क्लवले जितेको छ। चितवनको इच्छाकामना गाउँपालिका ६ याकराङ्गमा सिद्धिविनायक युवा क्लव याकराङ्गको आयोजनामा आयोजित प्रतियोगिताको आज भएको फाइनल खेलमा जवाङ–दारेचोक एफसीलाई ०–१ गोल अन्तरले हराउदै तनहुँ घुमाउनेको पञ्चकन्या युवा क्लवले उपाधी जितेको हो।

उपाधीसँगै क्लवले ३० हजार रुपैयाँ नगद र कप हात पारेको छ। प्रतियोगितामा उपविजेता बनेको जवाङ–दारेचोक एफसीले पनि २० हजार रुपैयाँ नगद र कप हात पारेको छ।


उपाधीसँगै क्लवले ३० हजार रुपैयाँ नगद र कप हात पारेको छ। प्रतियोगितामा उपविजेता बनेको जवाङ–दारेचोक एफसीले पनि २० हजार रुपैयाँ नगद र कप हात पारेको छ।

प्रतियोगिता सम्पन्न पश्चात भएको समापन कार्यक्रम इच्छाकामना गाउँपालिका अध्यक्ष गीता कुमारी गुरुङको प्रमुख आतिथ्यता तथा क्लवका अध्यक्ष टेष्टकुमार गुरुङको अध्यक्षतामा सम्पन्न भएको थियो। यस्तै कार्यक्रमको विशिष्ट अतिथिमा गाउँपालिका उपाध्यक्ष कृतिकुमार श्रेष्ठ, नेकपा माओवादी केन्द्रका प्रताप गुरुङ, ६ नं।का वडाध्यक्ष भुपेन्द्र चेपाङ लगायतको उपस्थिति रहेको थियो भने कार्यक्रमको संचालन देवकुमार गुरुङले गरेका थिए।