उपर्दाङ्गगढी : चितवनको पुरानो सदरमुकाम इच्छाकामना गाउँपालिका ७ स्थित एतिहासिक उपर्दाङ्गढी पर्यटकीय स्थल हो । यहाँ पर्यटहरुको आवागमनमा वृद्धि हुदैँ गएको छ । तर उपर्दाङ्गगढीलाई स्थानीयले गौचरन बनाइदिएका छन् । यहाँ टिकट काउन्टर समेत राखेर गाउँपालिकाले पर्यटकहरुसंग रकम लिदैँ आएका छन् । तर संरक्षणमा भने खासै ध्यान दिएको छैन । यहाँ गाउँपालिका र प्रदेश सरकारले केही भौतिक संरचनाहरु भने निर्माण गरेका छन् ।
अहिले यहाँ उपर्दाङ्गढी परिसर भित्रै गाई गोरु चरीरहेको देख्न सकिन्छ । अझ यहाँ दशैँ आइसक्दा पनि उपर्दाङ्गगढी जाने सिढीँ र वरपर झाडी समेत फाडेका छैनन् ।
फोटो फिचर