काठमाडौं : मुगुमा यात्रुबाहक बस दुर्घटना हुँदा २४ जनाको मृत्यु भएको छ । नेपालगञ्जबाट मुगुको गमगढीका लागि छुटेको भे १ ख १६७ नम्बरको बस पिनामा खोलामा दुर्घटना हुँदा १५ जना घाइते भएका छन् ।
दशैंका लागि घर हिँडेका यात्रु लिएर गमगढी जाँदै गरेको बस पिनामा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय मुगुले जनाएको छ । बसमा ३९ जना सवार रहेको प्रहरीले जनाएको छ । बस सडकबाट तीन सय मिटर तल खसेको प्रत्यक्षदर्शीले बताएका छन् ।
प्रहरी निरीक्षक जीवन लामिछानेले घाइते १४ जनालाई समिट एअरको जहाजमा र नेपाली सेनाको हेलिकप्टरमा राखेर ताल्चा विमानस्थलबाट नेपालगञ्ज पठाइएको जानकारी दिए।
उनका अनुसार एक जना बालिकाको जिल्ला अस्पताल मुगुमै उपचार भइरहेको छ। बालिकालाई आफन्तले मोटरसाइकलमै राखेर बालिकालाई जिल्ला अस्पताल पुर्याएका थिए।
इच्छाखबर संवाददाता












