चितवन : इच्छाकामना ४ रमाइलो डाँडामा सुविधा सम्पन्न होटल सञ्चालनमा आएको छ । तीन करोड लगानीमा रोयल गोरखाली होटल सञ्चालनमा आएको हो ।
मुग्लिनमा पहिलो पटक रोयल गोरखाली दोहोरी साँझ समेत सञ्चालन गरिसक्नु भएका यूवा व्यवसायी डिल बहादुर थापाले होटल सञ्चालनमा ल्याउनु भएको हो । बिहिबार एक कार्यक्रमका बिच होटलको उद्घाटन गरिएको हो ।

होटलमा लजिङ, फुडिङ रेष्टुरेन्ट तथा सेमिनार हल लगायतका सुविधा रहेको सञ्चालक डिल बहादुर थापाले बताउनुभयो । ग्राहकहरुलाई सहज र सुलभ मुल्यमा स्तरीय खाना नास्ता एंव लजको सुविधा दिईने उहाँले बताउनुभयो ।
विगत ७ बर्षदेखि होटल व्यवसाय गर्दै आउनुभएका थापाले राजधानी भित्रिने मुख्य राजमार्गमा आवतजावत गर्ने यात्रु र मनकामना दर्शन गर्न आउने यात्रुहरुलाई मध्यनजर गर्दै होटल सञ्चालनमा ल्याएको बताउनुभयो ।
केबलकार नजिकै रहेको उक्त होटलमा त्रिशूली नदीको मनोरम दृष्य अवलोकन गर्दै खानाको स्वाद लिन सकिन्छ । आवश्यकता अनुसार होटलको क्षमता बृद्धि गर्दै लैजाने थापाले बताउनुभयो ।