काठमाडौँ : जल तथा मौसम पुर्वानुमान महाशाखाका अनुसार अहिले भारतको बिहार तथा आसपासतिर अवस्थित न्यून चापिय क्षेत्रको प्रभाव नेपालमा परेको छ।

हाल देशभर आंशिक देखि सामान्य बदली रही प्रदेश नं २ बाहेक अन्य सबै प्रदेशका थोरै स्थानहरुमा हल्का वर्षा भईरहेको छ।
दिउँसो देशभरआंशिक देखि सामान्य बदली रही केही स्थानहरुमा मेघ गर्जन र चट्याङ्गसहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

राती देशभर आन्शिक देखि सामान्य बदली रही थोरै स्थानहरुमा मेघ गर्जन र चट्याङ्गसहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।