गोरखा,१६असोज । एकिकृत अखिल नेपाल नेपाल शिक्षक संगठन गण्डकी गाउँपालिकाको अध्यक्षमा नेत्रलाल श्रेष्ठ चयन हुनुभएको छ । शनिबार सम्पन्न संगठनको दोश्रो अधिवेशनले श्रेष्ठको नेतृत्वमा २१ सदस्यीय नयाँ कार्य समिति चयन गरिएको हो ।

अधिवेशनले वरिष्ठ उपाध्यक्षमा बिल बहादुर चेपाङ, उपाध्यक्षमा केशब नेपाल, महिला उपाध्यक्षमा कुमारी गुरुङ, सचिवमा नरेन्द्रराज तिमल्सिना, अर्थसचिवमा प्रकाश रेग्मी ,सह–सचिवमा झविन्द्र रानामगरलाई चयन गरिएको छ । सदस्यहरुमा चन्द्र बहादुर चेपाङ, जेनिशा भण्डारी, लक्ष्मण रोका, शिव नेपाल, यम बहादुर थापा, कर्ण बहादुर चेपाङ, शुसिल कुमार श्रेष्ठ, कुमार श्रेष्ठ, परशुराम न्यौपाने, हिरा बिक, सुवास अमगाई, रामचन्द्र अधिकारी, चोलेन्द्र अधिकारी, कौशिला खनाल घिमिरे र अनिल तिमल्सिना रहेका छन् ।

यसैबिच भेलाले सल्लाहकार समिति गठन गरिएको छ ।ठाकुर गुरुङको संयोजकत्वमा ७ सदस्यीय सल्लाहकार समिति गठन गरिएको हो । सदस्यहरुमा दिल बहादुर गुरुङ, राजु रेग्मि, लक्ष्मी पन्त तूल बहादुर गुरुङ, मिन कुमार श्रेष्ठ र होम प्रसाद ढकाल रहेका छन् ।
नेकपा माओवादी केन्द्र गोरखाका अध्यक्ष तथा पूर्वमन्त्री प्रदेश सांसद लेख बहादुर थापाको प्रमुख अतिथि तथा माओवादी केन्द्रका प्रदेश सदस्य दीपक तिमल्सिनाको विशिष्ट आतिथ्यतामा भेला सम्पन्न भएको हो ।
भेलामा वडा नम्बर ६ का वडाध्यक्ष जीवन गुरुङ, नेकपा माओवादी केन्द्र गण्डकी गाउँपालिकाका अध्यक्ष सिताराम रसाइली लगायतको आतिथ्यता रहेका थिए ।पाल शिक्षक संगठन गण्डकी गाउँपालिकाको अध्यक्षमा श्रेष्ठ चयान