कुरिनटार : नेकपा एमालेको पहिलो विधान महाधिवेशनमा चितवनको इच्छाकामनाबाट चार जना प्रतिनिधि सहभागी भएका छन् ।नेकपा एमाले वागमती प्रदेश सदस्यद्वय प्रकाश अधिकारी र नारायणप्रसाद अधिकारी, इच्छाकामनाका अध्यक्ष कृष्ण सिलवाल र चन्द्रमणी सापकोटा प्रतिनिधिको रुपमा सहभागी भएका हुन् ।

देशभरबाट छ हजार बढी प्रतिनिधि सहभागी भएको उक्त विधान महाधिवेशनमा चितवनबाट मात्र ७० जना सहभागी छन् ।

ललितपुरको गोदावरीमा आजदेखि सुरु भएको विधान महाधिवेशन तीन दिन सम्म चल्ने छ ।