मुग्लिन,१० असोज । नवनिर्वाचित नेपाली कांग्रेस इच्छाकामनाका सभापति कृतिकुमार श्रेष्ठले आफु पार्टीको कुनै गुटमा नरहेको बताउनुभएको छ । केही सञ्चार माध्यामहरुमा आफु सभापति शेर बहादुर देउवाको प्यानलबाट निर्वाचित भएको समाचार आएको भन्दै कुनै गुटमा नरेहको स्पष्ट पार्नुभएको हो । आज प्रेस विज्ञप्ती जारी गर्दै आफु नेपाली कांग्रेसको नीति, सिद्धान्त र आदर्शको पक्षधर भई निष्ठापूर्बक संगठनमा लागेको सिपाही भएको र कुनै नेता बिशेषको गुट वा प्यानलसँग जोडिएको, गाँसिएको वा आबद्ध नभएको बताउनुभएको हो ।
उहाँले कुनै नेता बिशेषको गुट वा प्यानलसंग जोडिएर आएको समाचारको भ्रममा नपर्न पार्टी सुभचिन्तकहरुलाई आग्रह गर्नुभएको छ ।

यस्तो छ विज्ञप्ती

प्रेश बिज्ञप्ति
म नेपाली कांग्रेस ईच्छाकामना गाउँपालिका कार्य समितिको नब निर्बाचित सभापति श्री कीर्ति कुमार श्रेष्ठलाई केहि अनलाईन पत्रिकाहरुले नेपाली कांग्रेसको गुट बिशेषको नेताको नाम र समूहसँग जोडिएर समाचार प्रकाशन गरेको पाईएकोले सो बिषयमा कोहि कसैलाई कुनै पनि भ्रम नहोस भनी प्रष्ट पार्न यो प्रेस बिज्ञप्ति जारी गरेको छु। म नेपाली कांग्रेसको नीति, सिद्धान्त र आदर्शको पक्षधर भई निष्ठापूर्बक संगठनमा लागेको सिपाही हुँ म कुनै नेता बिशेषको गुट वा पाईनलसँग जोडिएको, गाँसिएको वा आबद्ध नभएको बेहोरा सार्बजनिक जानकारीको लागि यो प्रेश बिज्ञप्ति मार्फत जानकारी गराउदै उक्त भ्रामक समाचारको खण्डन गर्दछु। जय नेपाल।
श्री कीर्ति कुमार श्रेष्ठ, सभापति नेपाली कांग्रेस, ईच्छाकामना गाउपालिका कार्यसमिति, चितवन