कुरिनटार- स्थानीय चुनाव नजिकिदै जादा देशभर राजनैतिक सर्गर्मी ह्वात्तै बढेको छ। नेपाल कम्युनिस्ट पार्टी फुटबाट गुज्रदै गर्दा कम्युनिस्ट परित्याग गरि अन्यमा प्रवेश गर्ने र अन्य छोडेर कम्युनिस्टमा पार्टी प्रवेश गर्नेको लहर नै चलिरहदा इच्छाकामनामा पनि त्यस्को प्रष्ट प्रभाव देखिएको छ। चितवनको एकमात्र गाउँपालिका इच्छाकामनामा लामो समय कम्युनिस्ट राजनितिमा सक्रिय नेकपा एमाले जिल्ला सदस्य तथा एमाले दलित संबद्ध भातृ संगठन इच्छाकामनाका संयोजक समेत रहेका चन्द्र बहादुर परियार गत श्रावणमा एमाले परित्याग गरि नेपाली कांग्रेसमा प्रवेश गरेकोमा आज एक बिज्ञपति जारी गर्दै पुन आफ्नो पुरानो पार्टी एमालेमै फर्किएको जानकारी गराएका छन।
आफुलाइ प्रभोलनमा पारी झुक्याएर कांग्रेसमा प्रवेश गराएकोमा पछि आफुले मनन गरि कांग्रेस बाट परिवर्तन सम्भावना नभएको मूल्याकंन गर्दै आत्माआलोचना सहित आफ्नै मातृ पार्टी र संगठनको जिम्मेवारिमा फर्किएको उहाँ द्वारा हस्ताक्षरित बिज्ञप्ति मार्फत जानकारी गराइएको छ। नेकपा एमाले जिल्ला पार्टी कार्यलय चितवनमा एक अनौपचारिक कार्यक्रम बिच उहाले बिज्ञप्ति जारी गर्दै एमालेका नेतृत्व बर्ग सङ सामुहिक तस्बिर खिचाउदै उहाँ पुन एमालेमा फर्किनु भएको हो।