गोरखा,९असोज । नेपाली कांग्रेस गोरखाको गण्डकी गाउँपालिकाको सभापतिमा होम बहादुर राना निर्वाचित हुनुभएको छ । आसन्न १४ औं राष्ट्रिय महाधिवेशन अन्तर्गत आज भएको पालिका अधिवेशनमा गोरखाको सभापतिमा राना निर्विरोध निर्वाचित हुनुभएको हो ।