
काठमाडौँ : यात्रुबाहक बसबाट दुई जना भारतीय नागरिक ९५ लाखसहित पक्राउ परेको छन्। पक्राउ पर्नेमा भारत मुम्बई महाराष्ट्र प्रदेश सङ्ली जिल्ला थाना घर बताउने २६ वर्षीय सागर माली र सोही ठाउँबाट १९ वर्षीय कूष्ण अढाडे रहेका छन्। उनीहरुलाई चितवनबाट काठमाडौं जाँदै गरेको अवस्थामा प्रहरीले नागढुंगाबाट पक्राउ गरेको हो ।
महानगरीय प्रहरी परिसर काठमाडौंका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक अशोक सिंहका अनुसार उनीहरुलाई स्रोत नखुलेको उक्त रकमसहित ग १ख ६६४५ नम्बरको यात्रुबाहक बसबाट प्रहरी प्रभाग नागढुंगाबाट खटिएको टोलीले पक्राउ गरेको हो ।
त्यस्तै मालीको साथबाट ४५ लाख र अढाडेको साथबाट ५० लाख रुपैयाँ बरामद भएको एसएसपी सिंहले जानकारी दिए।
पक्राउ परेका दुबैलाई हिरासतमा राखेर अनुसन्धान सुरू गरेको छ भने भोली ९आइतबार० सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागमा पठाउने तयारी गरिएको सिंहले बताए।