गोरखा : हातमुख धुन नदीमा गएका एक व्यक्तिलाई आज त्रिशुली नदीले बगाएको छ । जिल्लाको गण्डकी गाउँपालिका वडा नम्बर ८ स्थित सिउरेनीटारका ६५ बर्षिय भक्तबहादुर माझीलाई घर नजिकै रहेको त्रिशुली नदीले बगाउदा बेपत्ता बनाएको जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ ।
घरबाट घाँट काट्न निस्कीएका माझीले त्रिशुली नदी किनारमा घाँस काटेर फर्कने क्रममा हात मुख धुने क्रममा त्रिशुली नदीले बगाएको हुन सक्ने गोरखा प्रहरीले जनाएको छ ।
माझी घाँस काट्न गएको लामो समय सम्म पनि घर नफर्कीए पछि उनका परिवारले स्थानिय प्रहरीलाई खबर गरेको र सोमबार घाँस काट्न गएको स्थानमा गई स्थानिय संग बुझदा माझीलाई त्रिशुली नदीले बगाएको र उद्वार गर्न नसकिएको स्थानिय मिठु तामाङले जानकारी दिनुभयो । बेपत्ता भनिएका माझीको त्रिशुली नदी किनारामा लाइटर, सुर्ती, चप्पल र हसियाँ पाईएको घ्यालचोक प्रहरीले जानकारी दिएको छ । बेपत्ता माझीको खोजी जारी रहेको प्रहरीले जनाएको छ ।