
कुरिनटार : नेपाली कांग्रेस इच्छाकामना ४ को अध्यक्षमा राजेन्द्रदेव त्रिपाठी निर्वाचित हुनुभएको छ । मंगलबार सम्पन्न निर्वाचनमा बुद्धिप्रसाद सिलवाललाई २५ मतले पराजित गर्दै अध्यक्षमा विजयी हुनुभएको हो ।
कुल ८२ मत मध्ये राजेन्द्रदेव श्रेष्ठले ५३ मत प्राप्त गरि विजयी हुनुभएको निर्वाचन अधिकृत देब बहादुर गुरुङले जानकारी दिनुभयो । उहाँका अनुसार बुद्धिप्रसाद सिलवालले २८ मत प्राप्त गर्नुभयो । १ मत भने बदर भएको निर्वाचन अधिकृत गुरुङले बताउनुभयो । यसैबिच सभापति बाहेक वडा किमटीका पदाधिकारी, सदस्यहरु र क्षेत्रिय प्रतिनिधिहरु निर्विरोध चयन भएका छन् ।
कांग्रेसको अन्य ६ वटा वडामा सोमबार नै सबै पदमा निर्विरोध भएका छन् । वडा नम्बर ४ मा भने सभापतिमा सहमती नजुटेपछि मंगलबार निर्वाचन भएको हो । नेपाली कांग्रेस इच्छाकामनाको १४ औँ वडा अधिवेशन सोमबार देखि सुरु भएको थियो ।
वडा कमिटी
सभापति : राजेन्द्रदेव त्रिपाठी
उपसभापति : डुपेन्द्र गुरुङ र युवराज ढकाल
सचिव : दोजराज सिलवाल,र हेमन राई
सह– सचिव : विनोद त्रिपाठी र निर्मल श्रेष्ठ
सदस्यहरु : राजकुमार त्रिपाठी, नवराज बहादुर क्षेत्री,यादव थापा,कृष्ण बहादुर गुरुङ, रविन्द्र त्रिपाठी,धन बहादुर श्रेष्ठ र राजु विक
क्षेत्रिय प्रतिनिधिहरु
खुल्ला : बासुदेव सिलवाल, मुक्तिनाथ सिलवाल (विदुर), होम बहादुर सिलवाल (जीवन), भीम बहादुर गुरुङ, शंकर सिलवाल र विष्णुप्रसाद त्रिपाठी
महिला : सावित्री गुरुङ, लक्ष्मी त्रिपाठी, र भीम कुमारी थापा
खस आर्य : राजेश त्रिपाठी,
जनजाती महिला : सुशिला श्रेष्ठ र मिनु राई
जनजाती : नैन बहादुर गुरुङ, सन्त बहादुर आले र राम बहादुर गुरुङ
अल्पसंख्याक : सुरज छन्त्याल
दलित: पूर्ण बहादुर बिक