
कुरिनटार : योङ्ग कम्युनिष्ट लिग (वाइसियल) नेपाल इच्छाकामनाको अध्यक्षमा झलक गुरुङ चयन हुनुभएको छ । नेकपा माओवदाी केन्द्रका केन्द्रिय सदस्य तथा वाइसिल नेपालका फ्याक्सन इन्चार्ज रामप्रसाद सापकोटा दीपशिखाको प्रमुख आतिथ्यमा सम्पन्न भेलाले गुरुङलाई अध्यक्षमा चयन गरिएको हो । यसैबिच सचिवमा हिमाल कुँवरलाई चयन गरिएको छ । नवगठित कमिटीलाई वाइसियल नेपाल चितवनका संयोजक मधु न्यौपानेले सपथ ग्रहण गराउनुभएको हो।
नेकपा माओवादी केन्द्रका केन्द्रिय सदस्य तथा वाइसियल नेपालका फ्याक्सन इन्चार्ज रामप्रसाद सापकोटा दीपशिखा, अखिल क्रान्तिकारीका उपमहासचिव तथा प्रवक्ता जिपी मैनाली, माओवादी केन्द्र जिल्ला सचिवालय सदस्य तथा इच्छाकामना गाउँपालिकाका इन्चार्ज प्रताप गुरुङ, सह–इन्चार्ज सावित्री सिलवाल, संयोजक हरि थापा अखिल क्रान्तिकारी इच्छाकामनाका इन्चार्ज पवन गुरुङ लगायतको उपस्थितिमा भेला सम्पन्न भएको हो ।