कुरिनटार,१९ भदौ । अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी यूनियन ( अनेरास्ववियु क्रान्तिकारी ) इच्छाकामनाको अध्यक्षमा सुमित्रा चेपाङ चयन हुनुभएको छ । सिद्धार्थ रिर्सोट चुम्लिङ्गटारमा आज भएको प्रथम भेलाले चेपाङको अध्यक्षतामा ४७ सदस्यीय कमिटी गठन गरिएको हो । समितिको सचिवमा भने कृपा सिलवाल चयन हुनुभएको छ । नवनिर्वाचित कार्यसमितिहरुलाई अखिल क्रान्तिकारी चितवनका संयोजक अभिनास रम्तेलले सपथ ग्रहण गराउनुभएको थियो ।

नेकपा माओवादी केन्द्रका केन्द्रिय सदस्य तथा वाइसियल नेपालका फ्याक्सन इन्चार्ज रामप्रसाद सापकोटा दीपशिखा, अखिल क्रान्तिकारीका उपमहासचिव तथा प्रवक्ता जिपी मैनाली, माओवादी केन्द्र जिल्ला सचिवालय सदस्य तथा इच्छाकामना गाउँपालिकाका इन्चार्ज प्रताप गुरुङ,सह–इन्चार्ज सावित्री सिलवाल,संयोजक हरि थापा अखिल क्रान्तिकारी इच्छाकामनाका इन्चार्ज पवन गुरुङ लगायतको उपस्थितिमा भेला सम्पन्न भएको हो ।