काठमाडौं : नेकपा एमालेका उपाध्यक्ष वामदेव गौतमले पार्टी परित्याग गर्नुभएको छ। आज साँझ पार्टी केन्द्रीय कार्यालय थापाथली पुगेर गौतमले एमालेका सबै पदबाट राजिनामा दिनुभएको हो ।
स्वकीय सचिव दिपक टमाटाले गौतमले राजिनामा केन्द्रीय कार्यालय सचिव शेरबहादुर तामाङलाई बुझाएर फर्किएको जानकारी दिनुभयो ।

गौतमले एमालेभित्र केपी शर्मा ओलीको कार्यशैलीप्रति असन्तुष्ट व्यक्त गर्दै आउनुभएको छ ।उहाँले बुझाएको राजीनमापत्रमा ओलीको कार्यशैलीको आलोचना गर्नुभएको छ ।