चितवन : नेपाली काँग्रेसको आसन्न १४औँ महाधिवेशनको लागि भरतपुर वडा नं. १ निवासी टंकनाथ पौडेलले महाधिवेशन प्रतिनिधि पदमा उमेदवारी घोषणा गरेका छन् । २०४५ सालदेखि राजतीति क्षेत्रमा प्रवेश गरेका पौडेलले आसन्न कांग्रेस १४औं महाधिवेशनको महाधिवेशन प्रतिनिधिका लागि उम्मेदवारी दिने घोषणा गरेको हो ।
उम्मेद्वार घोषणा गरेसंगै इच्छा खबर संग कुरा गर्दै पौडेलले कार्यकर्ता शुभचिन्तकको भावना अनुसार आफुले उम्मेद्वारी घोषणा गरेको बताए । उनले पार्टीमा आफुले लामो समय योगदान दिएको भन्दै नयाँ पुस्तालाई समेट्न एवम्  पुराना अग्रजहरुको संम्मानको साथ मन जित्नका लागि पनि उम्मेद्वारी घोषणा गरेको बताए । उनले नयाँ र पुराना सबै पार्टी कार्यकर्ताको साथ आफुलाई भएको बताए ।

उनले पार्टीमा आफुले लामो समय योगदान दिएको भन्दै नयाँ पुस्तालाई समेट्नका लागि पनि उम्मेद्वारी घोषणा गरेको बताए । उनले नयाँ र पुराना सबै पार्टी कार्यकर्ताको साथ आफुलाई भएको बताए
नेपाली राष्ट्रियता, लोकतन्त्र र समाजवादको पक्षमा अविचलित रही राजनीतिमा आदर्श, निष्ठा र सेवाभावको भाव स्थापित हुनुपर्छ भन्ने मूल विचारलाई आत्मसाथ गर्दै राजनीतिमा प्रवेश गरेको उनले बताए । राजनैतिक जीवन नै कांग्रेसमा समर्पित भएका उनी ०४५ सालमा नेविसंघको सदस्य भएदेखि सुरु गरेका हुन् ।

राजनीति सँगसँगै सामाजिक कार्यमा पनि अग्रस्थान बनाउन सफल उनी स्नोतकोत्तरसम्म अध्ययन गरेका छन् । उनले सम्पूर्णानन्द संस्कृत विश्वविद्यालय भारतमा स्नोतकोत्तरसम्मको पढाइ पूरा गरेका हुन् । सरल शान्त स्वभावका उनी विभिन्न सामाजिक संघसंस्थामा आवद्ध रही कार्य गर्दै आउनु भएको छ ।
विभिन्न सामाजिक संघ संस्था, देवघाट क्षेत्र विकास समितिका पूर्व अध्यक्ष, बागेश्वरी आध्यात्मिक परिषद योगी नरहरिनाथ आश्रमका पूर्व अध्यक्ष, विश्व हिन्दू महासंघको केन्द्रीय सदस्यसमेत रहेका छन् । पौडेल मैयादेवी ट्रष्ट नेपालका वर्तमान महासचिव हुन् भने मैयादेवी कन्या कलेजका वर्तमान अध्यक्ष हुनुहुन्छ ।
उनलाई मैयादेवी कन्या कलेज, भरतपुर–१० को भवन उद्घाटन समारोहमा सम्माननीय राष्ट्रपति डा. रामवरण यादवबाट भौतिक पूर्वाधार निर्माणमा सहयोग पु¥याए वापत दोसल्ला एवम् अभिनन्दन पत्रद्वारा सम्मानित गरिएको थियो ।
यस्तै श्री आदिकवि भानु माध्यमिक विद्यालयको स्वर्ण महोत्सवको उपलक्ष्यमा सल्लाहकार सदस्यमा रुपमा रहेर महत्वपूर्ण भूमिका निर्वाह गरे वापत सम्माननीय राष्ट्रपति विद्यादेवी भण्डारीबाट सम्मानित भएका हुन् । यस्तै न्यू दिल्लीमा रहँदा राजीव गान्धी समरता अवार्डले सोही सामाजिक र धार्मिक कार्यको उच्च मूल्याकंन गर्दै उनलाई सम्मान गरिएको थियो ।
विभिन्न सामाजिक संघसंगठनमा आवद्ध, राजनीतिज्ञ तथा समाजसेवी पौडेल सम्पूर्ण मतदाताहरुलाई महाधिवेशन प्रतिनिधि पदमा आफ्नो अमूल्य भोट दिई विजयी गराई दिनु हुन हार्दिक अनुरोध गरेका छन् ।