मनकामना : विश्वभर महामारीको रुपमा फैलिएको कोभिड –१९ का कारण बन्द भएको गोरखाको सहिद लखनगाउँपालिकामा अवस्थित प्रसिद्ध धार्मिक स्थल मनकामना मन्दिरमा भक्तजनहरुलाई बाहिरबाटै पुजाको व्यवस्था मिलाउने भएको छ । आज शहिद लखनगाउँपालिका वडा नम्बर २ का वडाध्यक्ष अचल बाबु थापाको अध्यक्षतामा मनकामना क्षेत्र विकास समिति, गोरखा उद्योग वाणिज्य संघ मनकामना बजार इकाई,पुजा व्यवस्थापन समिति,पुजारीहरु,राजनितिक दलका प्रतिनिधिहरुसहितको बैठकले जिल्ला कोभिड–१९ संकट व्यवस्थापन समितिको निर्देशन बमोजिम पुजा समिति गठन गरि सम्पूर्ण स्वास्थ्य मापदण्ड अपनाएर बाहिरबाट पुजा गर्ने व्यवस्था मिलाउने निर्णय गरिएको हो ।उक्त निर्णय सहितको जानकारी पत्र जिल्ला कोभिड–१९ संकट व्यवस्थापन समितिलाई पठाइएको मन्दिरका मुल पुजारी इनसान थापाले जानकारी दिनुभयो ।
किेन्द्रबाट आउने निर्णाय अनुसार गर्ने उहाँले बताउनुभयो । यस अघि आइतबारबाट मनकामना केबलकार सञ्चालन गर्ने मनकामना दर्शन प्रालिले निर्णय गरिसकेकोछ ।