
आँबुखैरेनी, १८ भदौ । युनियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड आँबुखैरेनी शाखाले एकपछि अर्को मृत्यु दाबी भुक्तानी रकम हस्तान्तरण गरेको छ । कम्पनीले गोरखा जिल्लाको शहिद लखन गाउँपालिका-३ कान्टार स्थित स्वर्गीय धनमाया गुरुङको परिवारलाई मृत्यु दावी भुक्तानी रकम बापत रु. २ लाख २१ हजार ६ सय रुपैयाको चेक हस्तान्तरण गरेको हो । युनियन लाइफ इन्स्योरेन्स कम्पनीका शाखा प्रमुख सबिता भट्टराई, एजेन्सी म्यानेजर भोला गंगाजु, कर्मचारी सुमन श्रेष्ठ, मृतकको बिमा कर्ता सृजना गुरुङ लगायतको उपस्थितिमा आज मृतकको घरमै पुगी मृतकका श्रीमान टक बहादुर गुरुङलाई सो दाबी भुक्तानी रकम बराबरको चेक हस्तान्तरण गरिएको कम्पनीले जनाएको छ । मृत्यु दाबी भुक्तानी रकम हस्तान्तरण कार्यक्रममा कम्पनीका शाखा प्रवन्धक सविता भट्टराईले बिमाको महत्त्व र आजको आवस्यकताको बारेमा स्थानीयलाई जानकारी गराउनुभएको छ ।