कुरिनटार,१८ भदौ । पहिरोका कारण अवरुद्ध नारायणगढ– मुग्लिन र रमुग्लिन नौविसे सडक सुचारु भएको छ । अविरल बर्षासगैँ आज विहान नारायणगढ –मुग्लिन सडक खण्ड अन्तरगत चितवनको इच्छाकामना ६ पाँचकिलो र पृथ्वीराजमार्ग अन्तरगत इच्छाकामना ५ घोप्टेभिरमा लेदो सहितको पहिरो खसी सडक दुइतर्फी अवरुद्ध बनेको थियो । अहिले पहिरो हटाएपछि दुबै ठाउँको सडक दुइतर्फी सञ्चालनमा आएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।