काठमाडौं , १० भदौ । प्रदेश १ क मुख्यमन्त्री शेरधन राईले राजीनामा दिएका छन्। प्रदेश प्रमुखको कार्यालयमा पुगेर राईले मुख्यमन्त्रीबाट राजीनामा दिनुभएको छ ।

माधव नेपाल छाडेको भीम आचार्यले मुख्यमन्त्री बनाउनको लागि राजीनामा दिनुभएको हो । नेता आचार्य संसदीय दलको नेता चयन भइसक्नुभएको छ ।

आचार्यले आजै मुख्यमन्त्रीको सपथ लिने बताइएको छ । मुख्यमन्त्री नियुक्त भएपछि आजै तीन बजे आचार्यको शपथ ग्रहणको तयारी गरिएको प्रदेश प्रमुख कार्यालय स्रोतले जनाएको छ

प्रदेश १ मा हाल ९२ जना सांसद छन्। सरकार बनाउन ४७ जना सांसद आवश्यक पर्दछ।