
चितवन, ९ भदौं । नेकपा एमाले चितवनका नेता तथा वाग्मती प्रदेशका सामाजिक विकास मन्त्री कृष्णप्रसाद खनालले नेकपा एमाले परित्याग गरेका छन् ।
मन्त्री खनालले बुधबार माधव नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादी नामको नयाँ दल दर्तामा हस्ताक्षर गरेपछि नेकपा एमाले त्याग गरेका हुन् । उनले केन्द्रीय सदस्यहरुको तर्फबाट ५२ नम्बरमा सनाखत गरेका छन् । । उनी चितवन क्षेत्र नम्बर २ बाट वाग्मती प्रदेशसभामा प्रत्यक्ष निर्वाचित भएका थिए ।
उनि यस अघि नेकपा एमाले र माओवादी केन्द्र एकतापछि बनेको नेकपा चितवनको इन्चार्ज र नेकपा एमालेका जिल्ला अध्यक्ष समेत भएका थिए ।