
कुरिनटार : चितवनको इच्छाकामना गाउँपालिका २ बाँसपुरका राममाया गुरुङको उपचारका लागि आर्थिक सहयोग जुटीरहेको छ । हड्डीको टिबीका कारण कम्मरदेखि तल्लो भाग नचलेका गुरुङको आर्थिक अभावका कारण उपचार हुन सकेको थिएन । विगत केही बर्षदेखी हड्डीको टिबीका कारण थला पर्नुभएकी राम माया गुरुङको समाजसेवी इच्छाकामना ३ सिस्नेरी चौताराका तिर्सना गुरुङको पहलमा उपचार भइरहेको छ ।
चितवन रामपुर घर भइ हाल लण्डनमा रहनुभएका तेजमान गुरुङले मात्र हाल सम्म एक लाख ७५ हजार सहयोग गर्नुभएको छ ।
यस अघि ७५ हजार र हाल एक लाख सहयोग गर्नुभएको हो ।
पुरानो मेडिकल कलेज चितवनमा अपरेशन पछि चिकित्सकको सल्लाह अनुसार थेरापी सेन्टरमा उपचारका लागि भर्ना गरिएपनि आर्थिक अभाव भएपछि घर फिर्ता गरिएको थियो ।
हड्डीको टिबीका कारण शरिरको कम्मरदेखि तलको भाग चल्न छाडेको एक बर्ष भइसेको छ ।आर्थिक अवस्था निकै कमजोर भएका कारण बिरामीका परिवारले उपचार गर्न सक्ने अवस्था नरहेको वडा सदस्य समेत रहेका स्थानीय बुद्धिमान गुरुङले बताउनुभयो ।
उहाँको उपचारका लागि सहयोग गर्न चाहनेहरुले ९८६५०८०३५४ मा सम्पर्क गर्न सक्नुहुने छ ।