चितवन : चितवनमा आज १७३ जना कोरोना संक्रमित थपिएका छन् । ५२६ जनाको पिसिआर परिक्षण गर्दा १५१ र ६३ को एन्टिजेन परिक्षण गर्दा २२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको हो ।
स्वास्थ कार्यालय चितवनका अनुसार भरतपुर महानगर पालिकामा ११९ , खैरहनिनगरपालिकामा ५, माडिमा १२, रत्ननगरमा २८,राप्तीमा ३, कालिकामा ४ र इच्छाकामनामा ३ जनामा संक्रमण पुष्टि भएको हो ।
जिल्लाका विभिन्न अस्पतालमा आज थप ३ जना कोरोना संक्रमितहरुले ज्यान गुमाएका छन। मृत्यु भएका मध्ये चितवनका २ र नवलपरासीका १ जना रहेका छन।