काठमाडौं : कोरोना संक्रमणदर बढेसगैँ कक्षा १२ को परीक्षा स्थगित भएको छ । राष्ट्रिय परीक्षा बोर्डको शनिबार बसेको बैठकले परीक्षा अर्को सूचना नभएसम्मका लागि स्थगित गर्ने निर्णय गरेको हो।
बढ्दो कोरोना संक्रमणको जोखिमका कारण परीक्षा स्थगित गर्न स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सिफारिस गरेको थियो।
बोर्डले साउन ३१ गतेदेखि भदौ ९ गतेसम्म परीक्षा लिने गरी तालिका सार्वजनिक गरेको थियो ।