
कुरिनटार : जन्मदिनकोषको संयोजनमा मुटुरोगीलाई आर्थिक सहयोग गरेको छ ।चितवनको इच्छाकामना ४ नयाँबस्तीका प्रेम चेपाङका श्रीमती मुटुरोगी सजना चेपाङलाई रु १० हजार सहयोग हस्तान्तरण गरिएको हो ।
इच्छाकामना ४ कुरिनटार निवासी रामजी त्रिपाठी र राधा त्रिपाठीका सुपुत्र अमित त्रिपाठी (हाल अमेरीका बासी) र इच्छाकामना ४ कुरिनटार निवासी शोभा होमवर्यसका सञ्चालक तथा प्रगतीपाठशाला कुरिनटारका शिक्षिका प्रतिमा आचार्यको जन्मदिनको अवसरमा जन्मदिन कोषको संयोजनमा उक्त आर्थिक सहयोग गरिएको हो । अमित त्रिपाठीका बुबा रामजी त्रिपाठी र प्रतिमा आचार्यले घरमै पु्गेर आर्थिक सहयोग हस्तान्तरण गरिएको हो ।आर्थिक सहयोग हस्तान्तरण गर्दै रामजी त्रिपाठीले जन्मदिनमा भोजपार्टी गरेर फजुल खर्च गर्नुभन्दा गरिब दुखी रोगी पीडितहरुलाई सहयोग गर्नु पुण्य हुने बताउनुभयो ।

हाल भरतपुर अस्पतालमा उपचार गराइरहनुभएका सजना चेपाङको आर्थिक अभावका कारण उपचारमा समस्या भएको छ । इच्छाकामनागाउँपालिका भित्रका दुःख पीडामा परेका असहाय विपन्न,महिला, बालबालिकाको शिक्षा,स्वास्थ्य लगायतका क्षेत्रमा सहयोग गर्ने गरि स्थापना गरिएको यस जन्मदिनकोषले कोषमा प्राप्त रकमबाट सहयोग गर्दै आएका छन् । राजनितिक भन्दा बाहिर रहेर विशुद्ध सामाजिक कार्यका लागि स्थापना गरिएको यस जन्मदिनकोषले आगामी दिनहरुमा पनि सहयोगलाई निरन्तरता दिइरहने कोषका संयोजक प्रताप गुरुङले बताउनुभयो । जन्मदिनकोषमा दाताहरुले सहयोग गर्ने क्रम बढीरहेको उहाँले बताउनुभयो ।