गोरखा : गोरखामा भूकम्पपश्चात भारत सरकारको सहयोग अन्र्तगतका निजीआवास पुनर्निर्माण सम्पन्न भएका घरको सम्पन्नताको प्रतिवेदन हस्तान्तरण गरिएको छ । भारत सरकारद्धारा सहयोग प्राप्त नेपाल आवास पुनर्निर्माण परियोजनाले गोरखाको २ नगरपालिकातथा ६ गाँउपालिकामा निजी आवास पुनर्निर्माणका क्षेत्रमा सामाजिक प्राविधिक सहजिकरण गर्दै आएको आफ्नो कार्यक्षेत्रमा ९९ प्रतिशत निजीआवास पुनर्निर्माण सम्पन्न भइ सकेको र निर्माण सम्पन्न भएका घरहरुको सम्पन्नता प्रतिवेदन सम्बन्धित पालिका मार्फत कार्यक्रम संचालन भएका ४२ वडाहरुमा हस्तान्तरण गरेको छ । यस जिल्लामा कायम भएका लाभग्राहीहरु मध्ये जम्मा २६,९१२ सुरक्षित आवास पुननिर्माणमा सहजिकरण गर्ने जिम्मा पाएको उक्त परियोजनाले हालसम्म २६,७५७ घरधनी एवम् सम्बन्धित पालिकालाई सम्पन्नताको प्रतविदेन हस्तान्तरण गरेको छ । नेपाल आवास पुनर्निर्माण परियोजनाले आरुघाट गाँउपालिकामा १८३६ घर, अजिरकोटमा ९६१, धार्चेमा १९९१,गण्डकीमा२२६७, गोरखा नगरपालिकामा ६६८२, पालुंगटार नगरपालिकामा७५१८, शहिदलखन गाँउपालिकमाा २०४० र सिरानचोक गाँउपालिकामा ३४६२ घर भुकम्पपश्चात निर्माण सम्पन्न भएको प्रतिवेदन दिइएको हो । भूकम्प प्रभावित घरधनीलाई भूकम्प प्रतिरोधी घरनिर्माण भएको प्रमाण स्वरुप सम्पन्नताको प्रतिवेदन दिईएको एवम् पालिकामा संस्थागत अभिलेखीकरण लागि सम्बन्धित पालिकामा समेत बुझाइएको परियोजनाका जिल्ला संयोजक घनश्याम खतिवडाले जानकारी दिनुभयो । पुनर्निर्माण सम्पन्नताप्रतिवेदनपालिकाहरु मार्फत सम्बन्धित वडा कार्यालयमाभूकम्पप्रतिरोधी घर निर्माण सम्पन्नभएको अभिलेखीकरण स्वरुपप्रतिवेदनबुझाइएको खतिवडाले बताउनुभयो । परियोजनाको सामाजिकप्राविधिक सहजिकरणमा सुरक्षितआवास निर्माण सम्पन्नभएको प्रतिवेदनभूकम्पप्रतिरोधी घर निर्माण भएको दस्तावेजका रुपमा रहने भएकाले यसको महत्वपुर्ण भूमिका रहको स्थानीय पालिकाका पदाधिकारीको भनाई छ । प्रशासनिक, सामाजिक एवम् प्राविधिक रुपमा सूक्ष्मस्तर सम्मगई सहजिकरण गरेर सम्पन्नता प्रतिवेदन बुझेका ेधार्चे गाँउपालिकाका अध्यक्ष सन्तोष गुरुंगले बताउनुभयो । यस्त, शहिदलखन गाँउपालिका अध्यक्ष रमेशबाबु थापा मगरले भन्नुभयो, ‘प्रतिवेदनले भूकम्पप्रभावित घरधनीलाई सुरक्षितआवास निर्माण गरेको प्रतिवेदनमा स्पष्ट रुपमाउल्लेख गरेकाले परियोजना भूमिकाको प्रशंसनीय रहेको छ’ । यस्तै, गोरखा नगरपालिकाका वडा नम्बर १२ का वडाध्यक्ष डिल बहादुर थापा मगरले परियोजनाको सामाजिक प्राविधिक सहजिकरणले सुरक्षित आवास पुनर्निर्माणमा सहज भएको तथा सहजिकरणले किस्ता निकासा प्रक्रिया थप सहजभएको बताउनुभयो । सिरानचोक वडा नम्बर ५ का वडाध्यक्ष सन्तोष गुरुंगले प्रतिवेदनमा सुरक्षित आवास सम्पन्न गरेको लाभग्राहीको विवरण विस्तृत रुपमा दिइएको बताउनुभयो ।
इच्छाखबर संवाददाता












