चितवन :  चितवनमा आज २२७  जना  कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य कार्यालय चितवनका अनुसार भरतपुर महानगरपालिका १५४, खैरहनी नगरपालिकामा १५,माडीमा १२ रत्ननगरमा १०, राप्तीमा ११, कालिकामा २३ र इच्छाकामना गाउँपालिकामा २ गरि २२७ जना संक्रमित थपिएका हुन् । आज २२७ संक्रमित थपिएसंगै संक्रमितको संख्या २० हजार ३१७ पुगेको छ । जसमध्ये१७ हजार ८५४ जना डिस्चार्ज भएका छन् । हाल चितवनमा सक्रिय संक्रमितको संख्या दुई हजार १३५ पुगेको छ ।
आज एक जना संक्रमितको मृत्यु भएको छ । आज एक जना थपिएसंगै कोरोनाबाट जिल्लामा मृत्यु हुनेको संख्या ३२८ पुगेको स्वास्थ्य कार्यालय चितवनले जनाएको छ ।