
कुरिनटार: आज इच्छाकामना गाउँपालिका वडा नंम्बर ४ द्वारा आर्थिक वर्ष ०७७/७८ को दलित लक्षित सुधारिएको आरानका औजारहरु सामग्री बितरण कार्यक्रम सम्पन्न भहेको छ। इच्छाकामना गाउँपालिका वडा नं ४ ले बिनियोजित बजेट अनुसार परापुर्वक कालदेखि पुरानै तरिकाले आरन मार्फत फलामे औजार बनाउदै आएका दलित समूह लाई आधुनिक आरन औजार सामाग्री हस्तान्तरण सम्पन भएको हो। कार्यक्रममा गाउँपालिका उपाध्यक्ष कृति कुमार श्रेष्ठ वडा चारका कार्यवाहक वडा अध्यक्ष मुक्तीनाथ सिलवाल एवम गाउँपालिका प्रबक्ता सावित्री गुरुङको उपस्थिति रहेको थियो। परापुर्वक काल देखि घरेलु बिधिमा कामगर्दै आएका दलितहरुले आधुनिक औजार पाएपछी आम्दानी समेत अब बढ्नेहुनाले हर्सित बनेका छन।