
कुरिनटार : चितवन समाज अष्ट्रेलियले इच्छाकामना गाउँपालिकालाई इसिजी र मनिटर सहयोग गरेको छ । नेपाल पत्रकार महासंघ चितवन शाखाका अध्यक्ष नारायण अधिकारीको संयोजनमा चितवन समाज अष्ट्रेलियले सहयोग उपलब्ध गराएको हो ।
मंगलबार महासंघका अध्यक्ष अधिकारीले गाउँपालिका अध्यक्ष गीता कुमारी गुरुङ, उपाध्यक्ष कृतिकुमार श्रेष्ठ र स्वास्थ्य शाखा प्रमुख बासुदेव सापकोटालाई लाई हस्तान्तरण गर्नुभयो ।
यससगैँ गाउँपालिकाले पहिलो पटक इसिजी सेवा सञ्चालन गर्ने भएको गाउँपालिका स्वास्थ्य शाखाका सहायक प्रमुख जनस्वास्थ्य अधिकृत हरि देवकोटाले बताउनुभयो । यस अघि नै गाउँपालिकाले एमविविएस डाक्टर नियुक्तीका लागि दर्खास्त आवहान गरिसकेका छन् ।