
यदु कुमार न्यौपाने
संसारलाई आच्छु आच्छु पार्दै कोरोना
फैलिसक्यो हम्रो बिचमा घातक कोरोना
अनेक अनेक रुप अनी रङ्ग फेर्दै
बाल बृद्ध यूबा सबै मानब घेर्दै।
नसोचौ है ख्याल ख्याल अब कसैले
आफु बचौ अरु बचाऔं आफैँ आफैँ ले
घर भित्र बसौं सबै दिक्क नमानी
सचेत नभई बाहिर हिड्दा हुन्छ सबलाई हानी।
सचेत बनौँ नाअत्तिऔ सचेतना फैलाऔ
धैर्य अनी दृढ बनी कोभिड भगाऔ
आत्मबल बलियो बनाई सकरात्मक सोचौ
नराम्रा कुरा हटाई मनलाई स्वस्थ बनाई राखौं।
ध्यान र योगा गरी मनलाई ब्यस्त बनाऔं
घरीघरी हात धुँदै किटाणु भगाऔ
माक्सको प्रयोग बिना बाहिर हिड्नु हुदैन
सचेत बनि भीड मा नगए यसले छुदैन।
यो घाती कोरोना सँग लडौँ सबैले
सचेत बनि घर मा बसी डटौ सबैले
गारो अफ्ठेरो पर्दाखेरि कोही कसैलाई
मानब हमी मनबताले हेरौँ सबलाई।
कोही कसै संक्रमित भए घृणा नगरौं
सुरक्षीत रूपमा सहयोग गरि हौसला बढाऔ
कोभिड बिरूद्ध लड्ने सबै स्वास्थ्यकर्मी माथी
सम्मान गरौँ सहयोग गरौ बनौ सबै साथी।