काठमडौँ : सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को केपी शर्माओली पक्षको केन्द्रीय कमिटी बैठक शुरु भउको छ। प्रधानमन्त्री एंव अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा पार्टी केन्द्रीय कमिटीको बैठक प्रधानमन्त्री निवास बालुवाटारमा शुरु भएको हो ।
प्रतिनिधिसभा विघटन भई नयाँ निर्वाचनको मिति घोषणा, पार्टीभित्रको विवादलगायत विषयमा बैठकमा छलफल हुने प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए ।
स्रोतका अनुसार उक्त बैठकमा ओली पक्ष लागेको भनिएका गृहमन्त्री समेत रहेका राम बहादुर थापा बादल भने उपस्थित भएका छैन । बादल सहभागी नभएपनि पूर्वमाओवादीका टोप बहादुर रायमाझी र लेखराज भट्ट भने सहभागी भएका छन् ।