
पत्रकार प्रदिप वन्तको ‘परदेशीको पीडा’ म्युजिक भिडियो सार्वजनिक भएको छ । चलचित्र निर्देशक आकाश अधिकारी, कर्पोरेट सेफ कुमार चालिसे लगायतले संयुक्त रुपमा गरेका हुन् । यो म्युजिक भिडियो वैदेशिक रोजगारीको विषयमा बनेको छ । वैदेशिक रोजगारीको कारण नेपाली जनजीवनमा परेको असहज घटनाहरुलाई म्युजिक भिडियो मर्फत देखाएको छ । विदेशिएपछि पाउने दुःख र कष्टलाई यसले मार्मिक ढंगमा उँधिनेको छ । त्यसो त खाडी मुलुकमा मात्र होइन, अदक्ष नेपाली कामदारले जहाँ पनि दुःख पाउने, उचित पारिश्रमिक नपाउने अवस्था छ । यही कुरालाई म्युजिक भिडियोमा देखाइएको छ ।
नवराज घिमिरले लेखेको गीतलाई विनोद दनुवारले संगीतबद्ध गरेका हुन् । भिडियोमा प्रदिप वन्त र सोनम केसीले अभिनय गरेका छन् । नविन गुरुङले निर्देशन गरेको भिडियोलाई नविन निरौलाले सम्पादन गरेका हुन् । फोटो पत्रकार राष्ट्रिय समाचार समितिमा कार्यरत छन्।