
कुरिनटार ३ असोज– चिरपरिचित गायिका रचना रिमाल र आदित्य छेत्रीको दसै गित “यो दसै किन आउँछ” सार्वजनिक भएको छ। कोरोना प्रभावको बिच दसैको पुर्वसन्ध्यामा सुभारम्भ डिजिटल मार्फत तयार भएको गितमा नेपाल आइडल मार्फत ख्याती कमाउदै पछिल्लो समय नेपाली सांगीतिक क्षेत्रमा दरिलो पाइला टेक्दै गरेकी सुमधुर स्वरको धनी गायिका रचना रिमाल र अदित्य छेत्रीको स्वर रहेको छ भने लय, संगित तथा सब्द बिनोद बाजुरालीको रहेको छ। मालाश्री रेकर्डिङ स्टुडियोमा रेकर्ड गरिएको गित दसै किन आउछ्को भिडियो भने सुभारम्भ डिजिटल प्रालिले तयार पारेको हो। गितको मुख्य अभिनयमा गायक आदित्य छेत्री स्वयं र चितवन इच्छाकामनाकि नबोदित कलाकार दिपाश्री श्रेष्ठले गितको मर्म अनुरुप कुसल अभिनय प्रस्तुत गरेका छन । हेर्नुहोस आजै मात्र बजारमा आएको गित दसै किन आउँछ।?️