ichchhakamana

इच्छाकामना :  इच्छाकामना लोक संस्कृति संरक्षण समिति गठन गरिएको छ। आज मुग्लिनमा सम्पन्न स्थानीय कलाकारहरुको एक भेलाले इच्छाकामना गाउँपालिका स्तरीय समिती गठन गरेको हो।
समितिको अध्यक्षमा राम प्रसाद जैसी बोहोरा चयन भएको छ। यस्तै समितिको उपाध्यक्षमा शित्तल गुरुङ, सचिवमा कृष्ण बहादुर गुरुङ, कोषाध्यक्षमा सरिताथापा , सदस्यहरुमा सुमन आले मगर, रुपा गुरुङ, राजु चेपाङ, राकेश थापा र कुमार गुरुङ रहेका छन्।