तनहुँ : आबुखैरेनी गाउँपालिकामा फेरि १ जना कोरोना संक्रमीत भेटिएको छ। स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशले आज बिहान १०स्१५ बजे गरेको नियमित अपडेट मार्फत आबुखैरेनी गाउँपालिकामा फेरि १ जना २८ वर्षीय पुरुषमा कोरोना संक्रमण भेटिएको प्रमाणित गरेको हो।
क्षयरोग उपचार केन्द्र पोखरामा गरिएको पिसिआर परिक्षणमा कोरोना रिपोर्ट पोजेटिभ देखिएको निर्देशनालयले जानकारी दिएको छ।
यसैबीच आज कोरोना पोजेटिभ देखिएको पुरुष लमजुङ राइनाश नगरपालिका १० घर भइ आबुखैरेनीमा अस्थायी बसोबास गर्ने भारतिय सैनिक रहेको गाउँपालिकाका स्वास्थ शाखा प्रमुख अगमराज उपाध्यायले जानकारी दिनुभयो। प्रमुख उपाध्यायका अनुसार संक्रमित त पुरुष रामशाह माविको क्वारेन्टाइनमा बसेका थिए। उनलाइ आजै जिपि कोइराला अस्पताल शुक्लागण्डकिको आइसोलेसनमा पठाइएको छ।