राजेन्द्र न्यौपाने
गोरखा : नेकपाका केन्द्रीय सदस्य एवं संगठन विभागका सदस्य हरीराज अधिकारीले पार्टी एकता नै रुपान्तरणको औजार भएको बताएका छन् ।
विगत दुई हप्ता देखि नेकपाको स्थायी कमिटि बैठक बसिररहेको छ तर पार्टी भित्र रहेका दुई जना अध्यक्षहरुले आफ्नो अडान छाडेका छैनन् ।
गोरखा निर्वाचन क्षेत्र नं। १ का निर्वाचित साँसद समेत रहेका अधिकारीले एकताको केन्द्रबाट नै संघर्षको केन्द्र पहिचान गरी समस्याको समाधान खोज्ने पर्ने भन्दै सामाजिक सञ्जालमा आफ्नो धारणा राखेका हुन । हरेक विषयलाई शुक्ष्म रुपमा विश्लेषण गरी सटिक निर्णय लिन सक्ने क्षमताका धनी अधिकारी पार्टी एकताको पक्षमा प्रधानमन्त्री सहित पार्टीका दुई अध्यक्षहरुलाई सुध्रन निरन्तर खबरदारी गर्दै आएका छन् ।