गोरखा : झुण्डिएर आत्म हत्या गरेका गोरखाका उएक यूवकमा कोरोना पुष्टि भएको छ । आत्म हत्या प्रयासपछि घाइते भएका गोरखाको भीमसेन थापा गाउँपालिका तान्द्राङ २ का ती युवामा कोरोना पुष्टि भएको हो । पाटन अस्पतालमा उपचारको क्रममा हिजो बेलुका मृत्यु भएका हुन् ।

आत्महत्या प्रयास गर्दा उनलाई डोरी काटेर बचाइएको थियो । लगत्तै पाटन अस्पताल भर्ना गरिएका उनको उपचारकै क्रममा मृत्यु भएको थियो । मृतक युवा मानसिक विरामी रहेको बताइएको छ । योसँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ३६ पुगेको छ ।