इच्छाकामना : चितवनको इच्छाकामना ५ मुग्लिनमा खुल्ला बुद्धिचाल प्रतियोगिता सुरु भएको छ । इच्छाकामना स्पोर्टस क्लब इच्छाकामना ५ ले प्रतियोगिता आयोजना गरेका हुन् ।
आज पहिलो दिन तेश्रो चरण सम्मको खेल सम्पन्न भएको छ । प्रतियोगितामा राजु त्रिपाठी र प्रताप गु्रुङ ३ अंकका साथमा अग्रस्थानमा रहेका छन् भने अनुज गौचन ,गणेश श्रेष्ठ र चुडामणी आलेले २/२ अंक हासिल गरेका छन् ।
इच्छाकामना स्पोर्टस क्लब ५ का संयोजक प्रकाश त्रिपाठीको अध्यक्षता तथा इच्छाकामना गाउँपलिका अध्यक्ष गीता कुमारी गुरुङको प्रमुख आतिथ्य एंव चितवन जिल्ला बुद्धिचल संघका अध्यक्ष मोहन श्रेष्ठको विशेष आतिथ्यतामा होटलजर्मन बेकरीमा प्रतियोगिता उद्घाटन भएको हो ।
भोली सम्म चल्ने उक्त प्रतियोगितामा १२ जना प्रतियोगिहरु सहभागी भएको इच्छाकामना स्पोर्टस क्लब ५ का संयोजक प्रकाश त्रिपाठीले जानकारी दिनुभयो ।
जसमा एक मात्र महिला आशा गुरुङ र १४ बर्षिय कान्छो प्रतियोगि अनुज गौचनको पनि सहभागिता रहेका छन्।