मुग्लिन :  वडा कार्यालय भवन निर्माणका लागि मुग्लिन एक परिवारले जग्गा दान गरेका छन् । चितवनको  इच्छाकामना ५ मुग्लिनका जित बहादुर थापा र उहाँका बुबा नन्द बहादुर थपा र आमा टंकमाया थापाले वडा कार्यालय भवन निर्माणका लागि मुग्लिनमा ३० हात मोहोडा भएको जग्गा दान गरेका हुन् ।
आज उनिहरुले कागज गराई गाउँपालिका अध्यक्ष गीता कुमारी गुरुङ र उपाध्यक्ष कृतिकुमार श्रेष्ठ लगायतको उपस्थितिमा वडा कार्यालय भवन निर्माणका लागि जग्गा दान गरिएको वडा नम्बर ५ का वडाध्यक्ष मोदराज सिलवालले जानकारी दिए ।
उपयुक्त जग्गा नपाउँदा वडा कार्यालय भवन निर्माण हुन सकेको थिएन । जग्गा उपलब्ध भएसंगै केहि दिनभित्रै भवन शिलान्यास गर्ने तयारी भएको वडाध्यक्ष सिलवालले बताए ।
वडाध्यक्ष सिलवालका अनुसार गाउँपालिकाबाट रु ५० लाख र जिल्ला समन्वय चितवनबाट रु ३० लाखले भवन निर्माण गरिनेछ ।