
काठमाडौं : आज मंगलबार नेपालमा ३ सय २३ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा यसबारे बताइएको हो। थपिएका चितवन, धादिङ बागलुङ म्याग्दी तथा धनुषालगायत जिल्लाका छन्। मंगलबार थपिएका ३२३ संक्रममितसँगै नेपालम अब कुल संक्रमितको संख्या चार हजार ८५ पुगेको छ। त्यस्तै, आज ९६ जनाले कोरोना संक्रमणलाई जितेर डिस्चार्ज भएका छन्। यससँगै कुल डिस्चार्ज हुनेको संख्या ५८४ पुगेको छ। पछिल्लो समय नेपालमा कोरोनाको संक्रमण तीव्र रूपले फैलिइरहेको छ। मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमका अनुसरा हालसम्म ७२ जिल्लामा कोरोना फैलिइसकेको छ। पछिल्लोपटक संक्रमण हुनेमा इलाम जिल्ला परेको छ।