चितवन : आज मंगलबार भरतपुर अस्पतालको आईसीयूमा एक जना कोरोना संक्रमितको मृत्यु भएको छ । भरतपुर महानगरपालिकाका स्थानीय ६८ बर्षिय पुरुषको आज बिहान ७ बजेर ५ मिनेटमा निधन भएको हो । शव अहिले भरतपुर अस्पतालमा राखिएको अस्पतलाले जनाएको छ । उनी नारायणी सामुदायिक अस्पतालमा उपचाररत थिए । कोेरोेना पुष्टि भए पछि हिजो सांझ भरतपुर अस्पताल सारिएको थियो ।