काठमाडौं :  गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या ५६ पुगेको छ।तनहुँमा दुई जनामा कोरोना संक्रमण पुष्टि भएपछि गण्डकीमा ५६ पुगेको हो । जिल्लाको ऋषिङ गाउँपालिका ठेगाना भई सोहि पालिका स्थित क्वारेन्टाइनमा रहेका ३९ र ४० वर्षका २ जना पुरुषमा कोरोना संक्रमणको पुष्टि भएको गण्डकी स्वास्थ्य निर्देशनालयले जनाएको छ। उनीहरुलाई अहिले तनहुँ जिल्लाको सरकारी अस्पतालमा रहेको आईसोलेसन कक्षमा लैजाने तयारी भैरहेको छ।