
कुरिनटार : विश्वभर फैलिएको कोरोना भाइरस कोभिड १९ को महामारीबाट बच्न लागु गरिएको लकडाउनका कारण समस्यामा परेका चेपाङ समुदायमा चितवनको इच्छाकामनाका ३ का यूवा समाजसेवी कृष्ण श्रेष्ठले राहत वितरण गर्नुभएको छ । चितवनको इच्छाकामना ३ धुषाका दैनिक ज्यालादारी मजदुरी गरि परिवार पाल्दै आएका विपन्न २० परिवारलाई खाद्यान्न सहयोग गर्नुभयो ।
गाउँपालिकाकी कार्यपालिका सदस्य दमन कुमारी चेपाङ मार्फत गाउँमै पुगी राहत वितरण गर्नुभएको हो । लकडाउनका कारण यहाँका चेपाङ समुदायमा चूल्हो बल्न गाह्रो भएको भनी सामाजिक सञ्जालहरुमा आएपछि श्रेष्ठले खाद्यान्न सहयोग गर्नुभएको हो ।
केही दिन अघि फेसबुकमा इच्छाकामना ३ धुषाका सुमित्रा प्रजाले फेसबुकमा यहाँको समस्या बारे जानकारी गराउनुभएको थियो । सोही सामाजिक संजाल मार्फत पाएको सूचना अनुसार राहातको लागी सहजीकरण वडा तिनकै स्थानीय युवा नेता प्रमोद पोखरेेलले गर्नुभएको हो ।।
यहाँ रहेको ६० घर परिवार मध्ये अतिविपन्न तत्काल चूल्हो बाल्न समस्या भएका परिवारहरुका लागि ३ क्विन्टल चामल र स्वयविन सहयोग गर्नुभएको हो । साथै साबुन पनि वितरण गर्नुभयो ।
सहयोगका लागि नेपाल कम्यूनिष्ट पार्टी (नेकपा ) इच्छाकामनाका सचिवालय सदस्य समेत रहनुभएका यूवा नेता प्रमोद पोखरेलले सहजीकरण गर्नुभएको थियो । फेसबुक मार्फत उक्त समस्या थाहा भएपछि पोखरेलले सहयोगका लागि आग्रह गर्नुभएको थिायो ।
तत्काल सहयोग गर्नुपर्ने अवस्थामा रहेकाहरुले ९८६०२१०४६८ र ९८२३५८९१३९ मा सम्पर्क गर्न सकिने कृष्ण श्रेष्ठले बताउनुभयो ।