काठमाडौं , २९ वैशाख । विश्वभर फैलिएको कोरोना भाइरसबाट नेपालमा स्रक्रमितको संख्या १२१ पुगेकोछ । प्रदेश २ को सप्तरीमा पनि थप एकजना कोरोना संक्रमित भेटिएपछि १२१ पुगेको हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सप्तरीको डाक्नेश्वरी नगरपालिका वडा नं ३ मा १८ वर्षका युवकमा कोरोना संक्रमण पुष्टि भएको हो। यससँगै आज मात्रै संक्रमितको संख्या ११ ले थपिएको छ। असअघि, कपिलवस्तुमा १० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको थियो। यससँगै नेपालमा कोरोना संक्रमितको संख्या १२१ पुगेको छ। हाल सप्तरीमा भेटिएका संक्रितलाई अस्पताल लगिने तयारी भएको समेत बताइएको छ। नेपालमा हालसम्म ७३ हजार ५ सय ५५ जनाको कोरोना परीक्षण भएको छ। १६ हजार ८ सय ९८ जनाको पिसिआर र ५६ हजार ६ सय ५७ जनाको आरडिटिबाट परीक्षण भएको मन्त्रालयले जनाएको छ। कोरोनाको आशंकामा काठमाडौं उपत्यकामा ३ र बाहिर १ सय ६१ गरी कुल १ सय ६४ जना आईसोलेसनमा छन्। मुलुकभर १३ हजार ६ सय २५ जना क्वारेन्टाइनमा रहेको मन्त्रालयले जनाएको छ।