एजेन्सी :  महामारीको रुपमा फैलिईरहेको कोरोना भाईरसले अहिले विश्वका २ सय १२ मुलुक आक्रान्त छन । अन्य मुलुकहरु पनि रक्षात्मक अवस्थामा छन । यतिखेर सबैको आकांक्षा भनेकै यसको उपचार र अन्त्य हो । अर्थात, यो महामारी कहिले रोकिएला रु भन्ने तर्फ नै दुनियाँको चासो जोडिएको छ ।

अमेरिकाको युनिभर्सिटी अफ मिनेसोटाको सेन्टर फर ईन्फेक्सीयस डिजिज रिसर्च एण्ड पोलिसी ९सिआईडिआरएपी० ले प्रकाशित गरेको रिपोर्टले कोरोना भाईरसलाई नियन्त्रणमा लिन ईन्फ्लुएन्जालाई नियन्त्रणमा लिन भन्दा बढी गारो हुने बताएको छ । किनकी दुनियाको काल बनेको कोरोना भाईरस लक्षण बिना नै मानिसमा फैलिन थालेको छ ।

रिपोर्टका अनुसार बिना लक्षण सुटुक्क रोग फैलिनु भनेको मानव जगतका लागि अत्यन्तै घातक हुन्छ । कोरोनाको रोकथामका लागि विश्वभर लकडाउन गर्नेदेखि लिएर थुप्रै थुप्रै उपायहरु अपनाईएका छन । खोज अनुशन्धानसंगै प्रयोगात्मक शैलीमै भए पनि उपचारको क्रम चलिरहेको छ । यद्यपी कोरोना संक्रमणको कहर रोकिएको छैन, कायमै छ ।

कोरोना भाईरसको यो महामारी सन २०२२ सम्म लम्बिने सम्भावना रहेको रिपोर्टमा उल्लेख छ । हरेक मुलुकका सरकारहरुले आफ्ना जनताका लागि सूचना सम्प्रेष गर्ने क्रममा यो विषयलाई पनि समावेश गर्न रिपोर्टले सुझाएको छ । अबको दुई बर्ष भित्र कोरोनाको प्रकोप पुनः फर्कने तर्फ आम मानव समुदायलाई सचेत गराउन रिपोर्टले जोड दिएको छ ।

यो रिपोर्ट सिआईडिआरएपीका निर्देशक माईकल ओस्टरहोम, चिकित्सा निर्देशक क्रिस्टेन मूर, टुलेन युनिभर्सिटीका पब्लिक हेल्थ हिस्टोरियन जोन बेरी र हार्वर्ड स्कुल अफ पब्लिक हेल्थका महामारी विशेषज्ञ मार्क पिलसिचले संयुक्त रुपमा लेखेका हुन ।

अहिले विश्वका बिभिन्न मुलुकका वैज्ञानिकहरु कोरोना निको पार्ने खोप पत्ता लगाउन प्रयासरत रहेको भन्दै रिपोर्टमा भनिएको छ, ‘खोप यहि बर्ष भित्र उपलब्ध भए पनि सुरुको समयमा अत्यन्तै न्युन मात्रामा मात्रै उपलब्ध हुनेछ ।

सवै विरामीका लागि सर्वसुलभ हुनसक्ने छैन ।’ सन २००९ देखि १० मा अमेरिकामा फ्लुको महामारी आउँदा पनि यसको फैलावट र क्षती चरम अवस्थामा पुगिसकेपछि मात्रै विरामीले खोप लगाउन पाएका थिए ।