गोरखा :  विश्वभर फैलिएको कोरोना कोरोना भाइरस (कोभिड १९) को संक्रमणबाट बच्नका लागि गोरखाको गण्डकी गाउँपालिका वडा नम्बर ८ मा क्वारेनटाइन तयार गरिएको छ । ज्ञान मार्ग माध्यमिक विद्यालय घ्यालचोकमा क्वारेनटाइन तयार गरिएको हो । क्वारेनटाइनमा बस्ने ब्यक्तिलाइ आवस्यक पर्ने खाद्यान्न स्थानिय सरकारले व्यवस्था गर्ने भएकोले घरमै क्वारेनटाइनको व्यवस्था नभएका र विदेशबाट आएकाहरुका लागि क्वारेनटाइनको व्यवस्था गरिएको वडाअध्यक्ष रामप्रसाद रेग्मिले जानकारी दिनुभयो । गाउँपालिकाले यस अघि नै प्रत्येक वडामा हालै विदेशबाट आएकाहरुको लगत संकलन गर्न वडाअध्यक्षहरुलाई निर्देशन दिइसकेको छ । उनिहरुलाई क्वारेनटाइनमा राख्न निर्देशन दिएको छ ।
गाउँपालिकाले कोरोनाको आशंका लागेमा आवस्यक सहयोगका लागि आ–आफ्नो वडाअध्यक्ष मार्फत सम्पर्क गर्नका लागि अनुरोध गरेको छ ।

यसैबिच विश्वभर फैलिएको कोरोना भाइरस (कोभिड १९)को संक्रमणबाट बच्न गण्डकी गाउँपालिका वडा नम्बर ८ मा एक घर एक साबुुन र टोलटोलमा धारा सहितको वाल्टिन वितरण गरिएको छ । बिहिबार सम्म ९००वटा साबुन वितरण गरिएको वाडअध्यक्ष रामप्रसाद रेग्मिले जानकारी दिनुभयो ।